धरान–८ का आगलागी पीडित चार परिवारलाई होप धरानद्वारा राहत वितरण

समाचारदाता : तिर्थ कार्की

२०८२ असोज २० गते ।

धराने मिडिया : धरान–८ स्थित सभागृह मार्गमा हालै भएको आगलागीबाट विस्थापित चार परिवारलाई होप धरान संस्थाले खाद्यान्न तथा ओढ्ने–ओछ्याउने सामग्री वितरण गरेको छ।

सोमबार आयोजित कार्यक्रममा राहत वितरण धरान–८ का वडा अध्यक्ष धनबहादुर राईले गर्नुभयो। राहत पाउने परिवारहरूमा बिमला कार्की, बिरेन्द्र सुब्बा, सीता घिमिरे र भोगेन्द्र श्रेष्ठ रहेका छन्।

होप धरानका अध्यक्ष निश्चल पलिखेले पहिलो चरणमा विभिन्न दाताहरूबाट संकलित सहयोगमार्फत आगलागी पीडित परिवारलाई थोरै भए पनि राहत उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा थप सहयोगका पहलहरू पनि जारी रहने बताउनुभयो।

9111 1

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले यस्तो विपत्तिको घडीमा समुदायको सहकार्य र संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सकेको सहयोग गर्न आग्रह गर्नुभयो।

गत असोज १५ गते भएको आगलागीबाट एउटै घरमा भाडामा बस्दै आएका चारै परिवार विस्थापित भएका थिए। आगलागीले घरका सबै सरसामान जलेर नष्ट भएका थिए।

8104 176 15 12 13 112