एटीएमबाट दैनिक ५० हजार मात्र निकाल्न पाइने
समाचारदाता : गोपाल पौडेल
२०८२ असोज २५ गते ।
धराने मिडिया : नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा खुम्च्याएको हो ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै डेबिट कार्डबाट दैनिक ५० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरेकाे छ। पहिला डेबिट कार्डबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियाे।
नयाँ निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइन्छ ।
यसअघि एक पटकमा २५ हजार, दैनिक एक लाख र मासिक चार लाख रुपैयाँसम्म निकासी गर्न पाइन्थ्यो।



















