धरानमा ट्रक र बस दुर्घटना हुदा ४ घाइते

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज २६ गते ।

धराने मिडिया : धरान–८ स्थित सेउती पुलनजिक  ट्रक र बस एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

सडकछेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसलाई धनकुटाबाट मोरङ जाँदै गरेको को १ ख ७७८६ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा दुर्घटना भएको थियो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार ट्रक चालक सुन्दरहरैचा ५ का नेत्र गौतम र सहचालक सुजन तामाङ घाइते भएका छन् ।

त्यस्तै दुर्घटनामा स्कुटी चालक सुमना राई र पछाडि सवार सुबास राई पनि घाइते भएका छन्।