ATM मेसिन तोडफोड गर्ने ब्यक्ती पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज २९ गते ।

धराने मिडिया : सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको ATM मेसिन तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २७ गते अपरान्ह बराहक्षेत्र-१ खार खोलाका २७ बर्षीय संजिव राईले ATM मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ सुनसरीको इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।