रेल्वेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध सहित उदयपुरका २ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८२ असोज ३० गते ।
धराने मिडिया : सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २७ गते साँझ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-७ का १९ बर्षीय दिपक मगरले बोकेको झोलाबाट लागू औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट फेला पारे संगै अटो चालक त्रियुगा-१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको हो ।
यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका-१६ स्थितबाट ५६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-११ का २८ बर्षीया रन्जिता राय अमातलाई नियन्त्रणमा लिएको हो।
यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले विराटनगर-१८ ICP सडक खण्डमा प्र.१-०२-००४ ह ८२७० नम्बरको सिटिसफारीमा बेबारीसे अवस्थामा राखेको ३० किलोग्राम लागू औषध गाँजा बरामद गरे संगै सिटी चालकको खोजतलाश भई रहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















