गाइघाटमा ट्रक र बस दुर्घटना हुँदा २१ जना घाइते

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक ०१ गते ।

धराने मिडिया : भरतपुर महानगरपालिका–२९ गाइघाटमा ट्रक र बस सहित सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।

आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको  टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् ।