प्रतिबन्धित लागू औषध सहित धरानका युवाहरु पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक ०४ गते ।
धराने मिडिया : सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको, प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय पकली सुनसरीको संयुक्त प्रहरी टोलीले सुनसरीको रामधुनि नगरपालिका-७ का २९ बर्षीय सुमन चौधरीलाई उनकै घर कोठाबाट लागू औषध ब्राउन सुगर बिक्रि बितरण गरीरहेको अवस्थामा ५ ग्राम ७३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न धरान -१७ का ३३ बर्षीय सुमन राईलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी कार्यालयबाट कार्तिक २ गते खटिएको प्रहरी टोलीले ईनरुवा-४ स्थितबाट इटहरी -१८ का ३४ वर्षिय राजु चौधरी र रामधुनी-४ का २८ बर्षीय रोशन हरिजनलाई १९ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित धरान-११ स्थितबाट सोही स्थानका बिकाश परियार, बिजय परियार , धरान-१७ का ३६ बर्षीय ईन्द्र राईलाई लागू औषध डिकोलिक -५०० पिस र ट्रामोल -५०० पिस सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















