भाइटीकाको दिन धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक ०७ गते ।
धराने मिडिया : भाइटीकाको दिन (बिहीवार) धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीवार दिउँसो धरान उपमहानगरपालिका–१७ सर्दुपुलमा प्रदेश १–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल चतराबाट धरानतर्फ आउँदै गर्दा आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ निवासी ५२ वर्षीय नगेन्द्रप्रसाद राई गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



















