"जेरि अन टप" - १० दिनमा १२ करोड

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १० गते ।

धराने मिडिया : अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मास्टारर फिल्म ‘जेरी अन टप’ले प्रदर्शनको दस दिनमा १२ करोड कमाइ गरेको छ ।

प्रदर्शनको १० औँ दिन मध्यान्हसम्म फिल्मले १२ करोड रूपैयाँमाथिको ग्रस व्यापार गरेको निर्माणपक्षले जनाएको छ। 

सुयोग गुरूङ निर्देशित फिल्मले ‘वर्ड अफ माइथ’ राम्रो पाइरहेको छ। जसका कारण प्रदर्शनको अहिलेसम्म पनि फिल्मले देशभरका हलमा दर्शकको साथ पाइरहेको छ।

तिहार लक्षित असोज ३१ गतेदेखि चलचित्र ‘जेरी अन टप’ देशव्यापी प्रदर्शनमा आएको थियो। फिल्मले प्रदर्शनको पहिलो दिन असोज ३१ गते ७२ लाख ५९ हजार, दोस्रो दिन ८६ लाख ३८ हजार र तेस्रो दिन ६३ लाख ८४ हजारको व्यापार गरेको थियो।

जेरीको सगरमाथा आरोहण र त्यसबीचमा उत्पन्न हुने आरोह अवरोहको परिवेश फिल्मको कथा हो।

भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरू समेत फिल्ममा प्रमुख अभिनयमा छन्।