धरानमा बृहत् साहसिक क्रियाकलाप आयोजना हुने

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १२ गते।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानले निकट भविष्यमा बृहत् साहसिक क्रियाकलाप आयोजना गर्ने भएको छ ।

स्काउटको जीवन एडभेन्चर अभिन्न पाटो हो । यसले साहसिकता,आत्मविश्वास प्रवर्दधन  गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

बृहत् साहसिक क्रियाकलापमा सुपरमेन,ओमेघाजम्प,टायर क्रसिङ,मङ्की ब्रिज,कमान्डो ब्रिज,टायर चिम्नी,बेम्बो वकिङ जस्ता कम्तीमा २०/२२ प्रकारका साहसिक क्रियाकलाप समावेश हुन्छन् ।

धरानका विद्यालयमा सञ्चालित स्काउटका विद्यार्थीका साथै धरान बाहिरका समेत यस कार्यक्रममा सहभागी हुन सक्ने छन् ।

यसले धरानमा साहसिक क्रियाकलाप सम्भव रहेको कुरा प्रमाणित गर्दै आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास स्थानीय स्काउट कार्यालय धरानको रहेको कुरा प्रमुख आयुक्त मधुसूदन घिमिरेले बताए ।

Scout Dharan (3)Scout Dharan (4)Scout Dharan