सिटी सफारीको सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा ब्राउन सगुर फेला, १ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
झापा, २०८२ कार्तिक १३ गते।
धराने मिडिया : झापाको दमक नगरपालिका ९ शान्ति चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय मनोज धिमाल रहेका छन् ।
बेलुका ७ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले उनलाई लागूऔषध ब्राउन सगुर ६ ग्राम सहित पक्राउ गरेको हो ।
प्रहरीले धिमालले चलाएको सिटी सफारीको सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा ब्राउन सगुर फेला पारेको थियो । पक्राउ परेका धिमालको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।



















