धरानमा मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५ को ट्यालेट राउड सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १४ गते ।

धराने मिडिया : ग्रेस इभेन्ट्सद्वारा आयोजित मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५ को ट्यालेट राउड सम्पन्न भएको छ ।

शुक्रबार धरान-७ स्थित होटेल रत्न इनमा ट्यालेट राउड कार्यक्रम सम्पन्न भएको थियो।

ट्यालेन्ट राउडमा सहभागि १८ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिश्पर्धिहरुले आफ्नो क्षमता अनुसार गायन, नृत्य तथा वत्तित्वकला प्रस्तुत गरेका थिए ।

WhatsApp Image 2025-10-31 at 6.44.53 PM (1)WhatsApp Image 2025-10-31 at 6.44.53 PM

प्रतियोगितामा प्रतिश्पर्धिहरु मिसेस तर्फ विवाहित, डिभ्रोस र एक्कल महिलाको सहभागीता रहेको छ भने मिस तर्फ अविवाहित महिलाहरु सहभागीता रहेको छ।

कार्यक्रममा मिस ग्रेस टिन विराटनगर २०२५ का विजेता इशिका श्रेष्ठ, नृत्य निर्देशक तथा मिस्टर ग्रेस एस.इ.इ २०२५ का उपविजेता रित्तिक विश्वकर्मा, मोडेल तथा फ्यासन कोरियोग्राफर श्रेया गिरि, गायक जितेस सिंह र शिक्षाविद् कुन्जन श्रेष्ठ निर्णायकका रहेका थिए ।

कार्यक्रमा मिटर एण्ड मिस धरान एस ई ई २०२५ सेजन-२ का उपविजेता अन्जलि शाहले संचालन गरेका थिए।

WhatsApp Image 2025-10-31 at 6.44.52 PM (2)WhatsApp Image 2025-10-31 at 6.44.52 PM (1)

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिदै ग्रेस इभेन्ट्स प्रा.लि का सि.ई.ओ सुरज थापाले उक्त कार्यक्रम समापन गरेका थिए। उनले सहभागी हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यहि आउने कार्तिक २२ गते प्रतियोगिताको ग्राण्ड फिनाले हुने पनि जानकारी दिएका थिए ।

प्रतियोगिताको ग्राण्ड फिनाले कार्तिक २२ गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा हुन गैइरहेको छ।

WhatsApp Image 2025-10-31 at 6.44.51 PM (2)WhatsApp Image 2025-10-31 at 6.44.51 PM (1)WhatsApp Image 2025-10-31 at 6.44.51 PM