रमेश कुमार चौधरी कोशी प्रदेश सर्वोत्कृष्ट प्रहरी घोषित
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक १५ गते ।
धराने मिडिया : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीले असोज १९ गते अविरल वर्षाको कारण बाढी र पहिरो जाँदा इलामको माइजोगमाई गाउँपालिका-६ चाङमा तत्काल उद्दार कार्यमा खटि बाढी र पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शवलाई उत्खनन गरी पहिरोबाट निकालेको, माइजोगमाई गाउँपालिका-५ र ६ वडाका २ जना सुत्केरी महिला र १ जना सिकिस्त बिरामीहरुलाई तत्काल हेली मार्फत उद्दार गर्न सहजिकरण गरेको साथै बाढी, पहिरोबाट क्षेति भएको इलाका प्रहरी कार्यालय नयाँबजारको लागी स्थानीय समाजसेवीसँग समन्वय गरी ५० हजार मुल्य बराबरको फर्निचर लगायतका सामाग्री तत्काल उपलव्ध गराएको र माइजोगमाई गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोको कारण अवरोध भएको सडक स्थानीय प्रतिनिधि लगायत सरोकारवाला निकायहरूसँग समन्वय गरी द्रुत गतीमा सुचारू गराएको हुँदा निज प्रहरी सहायक निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।



















