धरानमा खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस मनाउने निर्णय

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १५ गते।

धराने मिडिया : खस समाज प्रतिष्ठान नेपाल स्थापनाको ९औं वर्ष पूरा भएको अवसरमा समितिले स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

कार्तिक १४ गते शुक्रवार धरान-१५ स्थित रेयुकाईको भवनमा बसेको बैठकले उक्त निर्णय गरिएको थियो।

निर्णय अनुसार मङ्सिर ०६ गते धरान-८ स्थित लाङघाली सामुदायिक वनको भवनमा कार्यक्रम स्थान तोकिएको छ।

WhatsApp Image 2025-11-01 at 5.12.05 PM (1)

बैठकमा खस समाज प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बिरेश कुमार थापा, सचिव हिमाल कार्की, कोषाध्यक्ष ज्ञान बहादुर बस्नेत, सल्लाहकार विरेन्द्र सिंह थापा, सदस्य गणेश चौहान, गोमा थापा, राजन पराजुली, माया विष्ट, लिला बहादुर बुढाथोकी, चन्द्र भट्टराई, कोशी प्रदेश संयोजक हरि बहादुर कार्की, धरान उपमहानगरपालिका नगर सचिव ज्ञानेन्द्र बस्नेत, सदस्य विधा खड्का शान्ता खड्का,कमला खड्का लगएत बिसिष्ट ब्यत्तीहरूको उपस्थिति रहेको थियो।

समितिले स्थापना दिवस सगै वनभोज कार्यक्रम पनि सोही दिन आयोजना गर्ने निर्णय गरेको छ।

WhatsApp Image 2025-11-01 at 5.12.05 PM (1) (1) (1)WhatsApp Image 2025-11-01 at 5.12.05 PM (2) (1)