पाँचथरमा ६९ बर्षीय बुवा युबराज राईको हत्यामा संलग्न छोरा पक्राउ
समाचारदाता : गोपाल पौडेल
पाँचथर, २०८२ कार्तिक १७ गते ।
धराने मिडिया : पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापका ६९ बर्षीय युबराज राईको हत्यामा संलग्न उनकै छोरा ३१ बर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक १६ गते बिहान साढे १० बजे वाद विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरको बिभिन्न भागमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सन्देश राईलाई घटना स्थलबाटै पक्राउ गरेको थियो भने मृतक लाशलाई पोष्टमार्टमको लागी जिल्ल्ला अस्पताल पाँचथर पठाएको छ ।
हत्यामा संलग्न राईको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भई रहेको छ ।



















