दर्शकको मन जित्दै चलचित्र "परान"
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक १८ गते ।
धराने मिडिया : यति बेला सिनेमा हलहरूमा प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ ।
मर्मस्पर्शी पारिवारिक कथावस्तु बोकेको यो फिल्म हेरेर दर्शकहरू भावुक भई भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा छरिएका छन्।
चलचित्रमा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गर्नुभएको छ ।




















