"जारी-२" को नेपाल मै पहिलो शो धरानमा

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १९ गते ।

धराने मिडिया : ब्लकबस्टर चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ को एड्भान्स टिकट बिक्री नेपालका हलले खुलाउन थालेका छन् ।

‘जारी–२ : सङ अफ च्याब्रुङ’ कार्तिक २१ शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो। प्रदर्शनमा हुने मिति अगावै धमाधम टिकटहरु एड्भान्स बिक्रि हुन थालेको छ।

धरानमा हाल संचालनमा रहेको एक मात्र सिनेमा हल फ्रेन्डस सिनेमाले दर्शकको मागलाई पुर्ति गर्दै चलचित्र "जारी-२" लाई पहिलो दिन शुक्रबार ७ शो उपलब्ध गराएको छ।

फ्रेन्डस सिनेमाले विहान ६ः०० र ८ः१५ बजे, दिउसो १ः०० र ३ः३० बजे साझ ६ः०० बजे र राति ८ः४५ र ११ः१५ को शो जारी-२ लाई उपलब्ध गराएको छ।

त्यस्तै धरान बाहिर झापा, इटहरी, विराटनगर, काठमाडौँ, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, बीरगंजका सिनेमा हलहरुमा तिब्र पनि टिकट बुकिङ भैरहेको छ।

हाल देशव्यापि चलचित्रको समय तालिका हेर्दा नेपाल मै पहिलो शो विहान ६ः०० बजेको धरानमा लाग्ने देखिएको छ।

Jari -2

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्माका साथै विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा लगायतका कलाकारको अभिनय छ।

२०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो।

Jari -2 (2)