कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक २३ गते ।

धराने मिडिया : पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

राति १२ बजेतिर खैरहनी-८ चैनपुर चोकनजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३ -००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६-००५ प ७७६८ नम्बरको को मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलका चालक चितवनको राप्ती-७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलमा सवार राप्ती-५ की २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

दुर्घटनास्थलमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उद्धार गरी प्रहरीले पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो र उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो।

कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक सर्लाहीको बरथवा नगरपालिका-१७ बस्ने २७ वर्षीय धनेलाल शाह प्रहरीको नियन्त्रणमा छन्।