स्कार्पियो गाडीबाट लागू औषध गाँजा बरामद
समाचारदाता : गोपाल पौडेल
सुनसरी, २०८२ कार्तिक २४ गते ।
धराने मिडिया : सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित भित्री सडक खण्डबाट लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
कार्तिक २१ गते राती ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट गाँजा २ सय ५७ किलो ४५ ग्राम बरामद गरिएको छ ।
उक्त गाडी चालकको खोजतलास तथा अनुसन्धान भइरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















