टक्सारका ६०० भन्दा बढि विद्यार्थीले पाए न्यानो कपडा
समाचारदाता : गोपाल पौडेल
भोजपुर, २०८२ कार्तिक २४ गते ।
धराने मिडिया : भोजपुर जिल्ला टक्सारका ६०० भन्दा बढी विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएको छ । कार्तिक २१ गते शुक्रबार भोजपुर नगरपालिका -१२, टक्सार स्थित यशोधरा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको थियो।
धरानको समाजिक संस्था सेवक अभियानको सहयोगमा सामुदायिक विद्यालयका ६०० भन्दा बढि विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएको हो । चिसो मौसममा जाडोबाट जोगाउन विद्यार्थीलाई निःशुल्क न्यानो कपडा वितरण गरिएको सेवक अभियानका अध्यक्ष राजिब हल्वाईले बताएका छन।
जाडोमा न्यानो कपडाको अभावले गर्दा कतिपय बालबालिकाहरु विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरण संस्थालाई विद्यालयका प्रधानाध्यापक धन्यवाद तथा आभार व्यक्त गरेका थिए।
निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो स्वीटर पाएपछि विद्यार्थी खुशी भएका छन् ।

























