मुख्यमन्त्री कार्की र स्विस डेभलपमेन्ट कोअपरेसन का असिस्टेन्ट डाइरेक्टर बीच भेटवार्ता

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ कार्तिक २४ गते ।

धराने मिडिया : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसन (SDC) का असिस्टेन्ट डाइरेक्टर आर्नो विकि बीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। 

भेटका क्रममा द्विपक्षीय सहयोगका विभिन्न विषयमा कुराकानी भएको थियो। सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा  स्विस सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो।

उहाँले स्विस सरकारले गरेका काम अहिले अघि बढिरहेको र त्यसको नतिजा प्रदेशमा छिट्टै नै देखिने बताउनुभयो।

नेपालको शान्ति समृद्धि र विकासका लागि स्विस सरकारले सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तन लगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

रोजगारी उत्पादन लगायतका क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको चर्चा गर्नुभयो। असिस्टेनट डाइरेक्टर आर्नो विकीले कोशी प्रदेश सम्भावनायुक्त प्रदेश भएको चर्चा गर्दै यो प्रदेशमा विकास र पर्यटनको तथा सम्भावना भएको बताउनुभयो।

कोशी प्रदेश सुन्दर शान्त र यहाँका मानिसहरू मिलनसार भएकाले पनि यहाँ काम गर्न सजिलो भएको बताउँदै उहाँले यो भ्रमणले नेपाल र सुजरल्यान्ड को मित्रता किन भन्ने कुरालाई पनि पुष्टि गरेको दाबी गर्नुभयो।

'नेपाल र स्विजरल्यान्ड उस्तै उस्तै रहेको चर्चा गर्दै नेपाली हरुमा दुःख पीडा सहेर पनि अगाडि बढ्ने जुन क्षमता छ त्यसबाट म प्रभावित छु।, उहाँले भन्नुभयो। लोकतन्त्रको यात्रा महत्त्वपूर्ण भएको बताउँदै उहाँले यो बेलामा सबैले आफ्नो आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनुपर्ने बताउनुभयो।

भेटवार्तामा स्विस सरकारका कोपरेसन मथेएस माएर लगायत हुनुहुन्थ्यो।