“मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५” धरानमा सफलतापूर्वक सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक २६ गते ।

धराने मिडिया : ग्रेस इभेन्ट्सको आयोजनामा र धरान एकता समाजको सहकार्यमा सम्पन्न “मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५” को भव्य फाइनल शो धरानमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्री सुरज थापाले गर्नुभएको थियो।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उप–प्रमुख श्री ऐन्द्र बिक्रम बेघा प्रमुख अतिथि तथा धरान एकता समाजका संरक्षक श्री सन्दीप श्रेष्ठ विशेष अतिथि रहनुभएको थियो।

साँझलाई झनै आकर्षक बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू — कमल खत्री, सम्झना योङहाङ लिम्बु, जितेश सिंह र जेनिशा कार्कीले आफ्नो उत्कृष्ट प्रस्तुति दिएर दर्शकहरूलाई मन्त्रमुग्ध पारे।

Miss and Misses Grace Purwanchal 2025 (7)

कार्यक्रमको निर्णायक प्यानलमा रहेका थिए:

श्रीमती मीना झा – वरिष्ठ इभेन्ट निर्देशक तथा शिक्षाविद्

श्री अर्शु महर्जन – फेसन कोरियोग्राफर

सुश्री निलम पौडेल – ट्रान्स एक्टिभिस्ट तथा मेकअप आर्टिस्ट

मिस पूर्णिमा शेर्पा – मिस पूर्वाञ्चल प्रथम रनरअप

श्री विवेश राई – अन्तर्राष्ट्रिय फेसन डिजाइनर

४०० भन्दा बढी उत्साही दर्शकहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले सौन्दर्य, आत्मविश्वास र सशक्तीकरणको उत्सव मनायो थियो।

कार्यक्रमको सञ्चालन नबिना मंग्रातीले गर्नुभएको थियो।

Miss and Misses Grace Purwanchal 2025 (6)

आयोजन टीममा:

इभेन्ट निर्देशक: राम मोक्तान

अधिकृत कोरियोग्राफर: छदानी रापाल

अधिकृत फोटोग्राफर: बिन्द्रा प्रजापति (क्युपिड फोटो स्टुडियो)

प्रशिक्षण संयोजक: मिक्साङ लिम्बु र सुप्रिया राई

अतिथि फेसन कोरियोग्राफर: उमेश खड्का

ड्रेस डिजाइनर: मञ्जु खड्गी (फ्लाइङ थ्रेड्स)

मेकअप आर्टिस्ट: निशा लिम्बु (ईमे मेकअप स्टुडियो)

डान्स कोरियोग्राफर: हृतिक विश्वकर्मा

इभेन्ट सहयोगीहरू: ग्यानु चम्लिङ राई, होमा फोम्बो, सन्ध्या घिमिरे र कमला रुचाल

कार्यक्रम संयोजक: पञ्चु राई

ब्रान्ड एम्बासडरहरूको उपस्थिति:

श्वेता खड्की – अभिनेत्री तथा मिसेस ग्रेस पूर्वाञ्चलकी ब्रान्ड एम्बासडर

प्रियंका रानी जोशी – मिस वर्ल्ड नेपाल २०२२ तथा मिस ग्रेस पूर्वाञ्चलकी ब्रान्ड एम्बासडर

Mr. D – चर्चित र्‍यापर तथा अफिलिएटेड एम्बासडर

Miss and Misses Grace Purwanchal 2025 (8)

पहिलो पटक धरानमा ग्रेस इभेन्ट्सले सौन्दर्य प्रतियोगिता र फेसन शोलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ इतिहास रचेको थियो।

यस अवसरमा मोडलहरू श्रृंखला लिम्बु, हृतिक विश्वकर्मा, अञ्जली शाह, मिक्साङ लिम्बु, सुप्रिया राई, अञ्जली खड्का, परिबेश खड्का, प्रदिशा बिष्ट, शुभम शर्मा, आशिका मुखिया, सोचना तामाङ, मो. अर्शुलान, कोपिला तत्मा र प्रिया चम्लिङले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमको समापनमा संस्थापक तथा सीईओ श्री सुरज थापाले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा धरान र नेपालका अन्य सात शहरहरूमा पनि यस्तै भव्य कार्यक्रमहरू आयोजना गरिने घोषणा गर्नुभयो।

Miss and Misses Grace Purwanchal 2025 (5)

मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५ का विजेताहरू:

मुख्य उपाधि विजेता

मिसेस विजेता: अञ्जु खड्गी

मिस विजेता: डोल्मा तामाङ

मिसेस प्रथम रनरअप: प्रतिमा राई

मिस रनरअप: निबिशा श्रेष्ठ

मिसेस द्वितीय रनरअप: नैना कला खड्गी

मिस द्वितीय रनरअप: क्यासी राई

मिसेस ब्रान्ड एम्बासडर: भीमियता राई

मिस ब्रान्ड एम्बासडर: दिय कर्की

मिसेस अर्गनाइजर च्वाइस: सीता कर्की

मिस अर्गनाइजर च्वाइस: इंग्लिसा राई

मिसेस पब्लिक च्वाइस: रञ्जिता श्रेष्ठ बस्कोटा

मिस पब्लिक च्वाइस: निवा लिम्बु

मिसेस भोटिङ स्टार: अञ्जु खड्गी

मिस भोटिङ स्टार: दिय कर्की

Miss and Misses Grace Purwanchal 2025 (9)

ट्यालेन्ट शीर्षक

मिस ट्यालेन्ट: स्मृति योञ्जन

मिसेस ट्यालेन्ट: प्रतिमा राई

विशेष शीर्षक – मिस वर्ग

उत्कृष्ट व्यक्तित्व – डोल्मा तामाङ

अनुशासित – कृति श्रेष्ठ

मिस राइजिङ स्टार – ऋशु लिम्बु

आत्मविश्वासी – स्मृति कोंजार

मिस डिभा – दिय कर्की

मोहक व्यक्तित्व – कुसाङ मगर

उत्कृष्ट मोडल – इच्छ्या विश्वकर्मा

समर्पित – रिस्ता खड्का

सुन्दरी – अभिषिका चापागाईं

निर्दोष सौन्दर्य – निबिशा श्रेष्ठ

मिलनसार – एङ्गिसु राई

समयपालक – निवा लिम्बु

बौद्धिक – क्यासी राई

मिस ग्लामरस – कुसाङ मगर

मिस ग्लोरियस – ऋशु लिम्बु

मिस एलिगेन्स – क्यासी राई

विशेष शीर्षक – मिसेस वर्ग

आत्मविश्वासी – प्रतिमा राई

उत्कृष्ट व्यक्तित्व – नैना कला खड्गी

समर्पित – अञ्जु खड्गी

बौद्धिक – रञ्जिता बस्कोटा

समयपालक – सीता कर्की

मोहक व्यक्तित्व – भीमियता राई

मिसेस स्टाइल डिभा – भीमियता राई

मिसेस मोस्ट एक्टिभ – प्रतिमा राई

Miss and Misses Grace Purwanchal 2025 (11)Miss and Misses Grace Purwanchal 2025 (10)

मल्टिमिडिया र फोटोजेनिक शीर्षक

मिस मल्टिमिडिया: दिय कर्की

मिसेस मल्टिमिडिया: भीमियता राई

मिस क्युपिड फोटोजेनिक: निवा लिम्बु

मिसेस क्युपिड फोटोजेनिक: रञ्जिता श्रेष्ठ बस्कोटा

ग्रेस इभेन्ट्सले सौन्दर्य, आत्मविश्वास र सशक्तीकरणलाई सम्मान गर्दै नेपालका क्षेत्रीय सौन्दर्य प्रतियोगिताहरूमा नयाँ स्तरको मापदण्ड स्थापित गरेको छ। “मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५” यसै यात्राको अर्को ऐतिहासिक सफल अध्याय बनेको छ।

Miss and Misses Grace Purwanchal 2025 (4)Miss and Misses Grace Purwanchal 2025 (3)Miss and Misses Grace Purwanchal 2025