खापुङलाई अनुमतिविना उपत्यका छाड्न रोक
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २७ गते ।
धराने मिडिया : जेनजी आन्दोलन जाँचबुझ आयाेगले हालै सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाएको छ ।
गएको भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले खापुङको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिविना काठमाण्डौ उपत्यकासमेत छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्ति निकालेर जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी रोक लगाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।
खापुङमाथि महानिरीक्षक हुँदा घटनामा संलग्न प्रहरी अधिकारीको विवरण दिन अस्वीकार गरेको आरोप आयोगले लगाउँदै आएको थियो ।



















