चलचित्र "पहिचान" को ट्रेलर सार्वजनिक
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २७ गते ।
धराने मिडिया :मङ्सिर ०५ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र "पहिचान - लडाइँ को" को ट्रेलर सार्वजनिक भएको छ।
२ मिनेट ४७ सेकेडको ट्रेलरमा चलचित्रको कथावस्तुबारे बुझ्न सकिन्छ। ट्रेलर कार्तिक २७ गते ओ.एस.आर डिजिटल युटुभ च्यालबाट सार्वजनिक भएको हो।
भिम लामा निर्देशित चलचित्र भिम लामा फिल्म्स ब्यानरमा निर्माण भएको हो ।
चलचित्र भिम लामा, डिलु सुब्बा लुङ्ब, राम्जी बिष्ट र उमेश तामाङले निर्माण गरेका हुन।
चलचित्रमा प्रशान्त ता्माङ, करिश्माअ मानन्धर, धिरेण शाक्य, जेनि घिसिङ्, प्रेम सुब्बा, सुर्बिर पन्दित्, किशोर समबाएहम्फे, रोशन शर्मा लगायतका कलाकारको अभिनय छ ।



















