५० रुपैयाँ दरको नोट छाप्न चिनियाँ कम्पनी सँग सम्झौता
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २८ गते ।
धराने मिडिया :नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोट छाप्नको लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।
राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बेइजिङको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।
उल्लिखित नोट छपाइका लागि राष्ट्र बैंकले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर (करिब १ अर्ब ४८ करोड रुपैयाँ) भुक्तानी गर्नेछ। उल्लिखित खर्चका आधारमा नयाँ छापिने नोटमा प्रतिथान ३ रुपैयाँ ५२ पैसा लागत लाग्नेछ।



















