माउन्ट हर्मोन स्कुलमा भाडा बिना खाना पकाउने प्रतियोगिता
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २८ गते ।
धराने मिडिया :धरान-१८ स्थित माउन्ट हर्मोन स्कुलमा माउन्ट हर्मोन ट्रुपमा स्काउट विद्यार्थीहरुको भाडा बिना खाना पकाउने प्रतियोगिता सम्पन्न भएको छ।
कार्तिक २८ गते शुक्रबार स्कुलको प्राङ्गण ३५ भन्दा बढि स्काउटहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा स्काउट विद्यार्थीहरुलाई बिना कुनै भाडा खाना पकाउन दिएको थियो।
माउन्ट हर्मोन ट्रुपका स्काउट लिडर एवम् स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी अनुसार सानो उमेर देखि बालबालिकाहरुको सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन स्काउटको स्थापना भएको हो ।



प्रतियोगितामा उत्कृष्ट हुने सुगा पेट्रोल(समुह) लाई मेडल तथा ट्रफि समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य निर्मला अधिकारी, नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्दति आयुक्त आयुक्त सुशिल राई र प्रदेश परिषद सदस्य गोपाल पौडेल बिद्यालयका प्रिन्सिपल क्षितिज पाख्रिन, भाइस प्रिन्सिपल रन्जु लामाको समेत उपस्थिति रहेको थियो।


























