“मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५” का विजेतालाई पुरस्कार हस्तान्तरण
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २९ गते ।
धराने मिडिया : ग्रेस इभेन्ट्सको आयोजनामा र धरान एकता समाजको सहकार्यमा सम्पन्न “मिस एण्ड मिसेस ग्रेस पूर्वाञ्चल २०२५” को विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ।
कार्तिक २२ गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा भएको ग्राण्ड फिनाले कार्यक्रममा विजय भएका प्रतिस्पर्थिहरु उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।
कार्यक्रममा विजय भएका अञ्जु खड्गी र डोल्मा तामाङले नगद रु २५ हजार, दोस्रो हुने प्रतिमा राई र निबिशा श्रेष्ठले नगद रु १५ हजार र तेस्रो हुनेमा नैना कला खड्गी र क्यासी राईले नगद रु १० हजार प्राप्त गरेका थिए।


मंगलबार धरान-१८ बुद्ध चोक स्थित लुलु क्याफे एण्ड रेस्ट्रोमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको समापनमा संस्थापक तथा सीईओ श्री सुरज थापाले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा धरान र नेपालका अन्य सात शहरहरूमा पनि यस्तै भव्य कार्यक्रमहरू आयोजना गरिने घोषणा गर्नुभयो।
पहिलो पटक धरानमा ग्रेस इभेन्ट्सले सौन्दर्य प्रतियोगिता र फेसन शोलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ इतिहास रचेको थियो।
कार्यक्रमको सञ्चालन नबिना मंग्रातीले गर्नुभएको थियो।





















