विराटनगरमा भारतका ओडिसी नृत्यको प्रर्दशण
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष १ गते ।
धराने मिडिया : भारतिय राजदुतावास पेन्शन वितरण कार्यालय धरानले विराटनगरमामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद अन्तरगत (स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र) सांस्कृतिक सम्पदाको धनी भारतका चर्चित ओडिसी नृत्य भव्यरुपमा प्रदर्शण गरेका थिए ।
भारतीय राजदुतावासद्वारा आयोजना गरेको उक्त सांस्कृतिक नृत्य कार्यक्रमलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइलाराले दीप प्रज्जलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।

सांस्कृतिक नृत्य कार्यक्रमको सम्हारोहलाई प्रमुख कोइलाराले स्वागत मन्तव्य राख्नु भएको थियो । कुनै पनि देशको सांस्कृतिक नृत्य कलालाई माया र सदभावको दृष्टिकोणले हेरिने भएको हुनाले सो सांस्कृतिक नृत्य कार्यक्रममा पुर्वाञ्चलका अति विशिष्ट व्यक्तित्व जनसमुदायहरुको उपस्थितिे थियो ।
कार्यक्रमको समापनमा आफनो बहुमुल्य समय निकाली पाल्नु भएको विशिष्ट व्यक्तित्व र अथिति गणहरुमा भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाद्वारा पुर्वाञ्चलका भारतीय भू पू र तिनका आश्रीतहरु प्रति साथै नेपालप्रति भारत सरकार सधै सहयोग र सदभाव राख्नेछ भन्दै धन्यवाद दिनुभयो ।

































