धरान-९ को कपडा पसलमामा आगलागी
समाचारदाता : गोपाल पौडेल
२०८२, पौष ०९ गते ।
धराने मिडिया : धरान उपमहानगरपालिका–९ स्थित आचार्य लाइनमा आगलागी भएको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आचार्य लाइनमा रहेको कपडा पसलमा मङ्गलबार बिहान ११ः५० मा विद्युत् सट भई आगलागी भएको हो।
प्रहरीका अनुसार धरान उपमहानगरपालिकाको दमकलको सहयोगमा बिहान १२ः१० बजे पूर्ण रूपमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिएका थिए।



















