१३ औँ भेडेटार फुड फेस्टिभलमा गायिका मेलिना राईको प्रस्तुति रहने

समाचारदाता : गोपाल पौडेल

२०८२, पौष १० गते ।

धराने मिडिया : पर्यटकीय स्थल धनकुटाको भेडेटारमा १३औँ खानपिन महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर तिन दिने  फुड फेस्टिवलको आयोजना हुने भएको हो।

होटल एसोसिएसन भेडेटारको आयोजनामा महोत्सव पुस १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।

आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याएर स्थानीय कृषि, घरेलु उत्पादनको बजारीकण साथै होटल र होमस्टे व्यवसाय प्रबद्र्वन गर्ने मुख्य उद्देश्य रहेको एशोसिएशनका अध्यक्ष तुमराज लिम्बूले बताए ।

भेडेटार चौकदेखि काम्फेक थुम्की, नाम्जे र नमस्ते झरना क्षेत्रसम्म सञ्चालन हुँदै आएको महोत्सवमा भारतीय पर्यटक अपेक्षाकृत कम आएको अनुभवपछि १३औं संस्करणमा विशेष प्रचार रणनीति अपनाइएको छ ।

13th Bhedetar Food Festival 2082

समुद्री सतहबाट १४२० देखि १७०५ मिटर उचाइमा अवस्थित भेडेटार गर्मी छल्न उपयुक्त रमणीय स्थलका रूपमा परिचित छ। CNN को सर्वेक्षणमा समेत विश्वकै घुम्नैपर्ने गन्तव्यमा सूचीकृत भेडेटार फुड फेस्टिभलमार्फत अझ अन्तर्राष्ट्रिय रूपमा चिनिने आयोजकको विश्वास छ।

फेष्टिवलमा साँगुरीगढी, नाम्जे गाउँ होम स्टे, आत्मा बस्ने घर, अजंगको वर लाप्चे टार, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, थाउजन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी ध्वजे डाँडाँ पदमार्ग, सुर्योदय बौद्ध पार्क, झण्डी डाँडा गोलखाडी, नमस्ते झरनालगायतका ठाउँहरु अवलोकन गर्न सक्नेछ।

भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ।

13th Bhedetar Food Festival 2082 (3) (1) (1)

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो। चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ।

भेडेटारमा पिकनिक तथा गर्मी छल्ने तराई तथा भारतीय पर्यटकहरूको अत्यधिक आवतजावतले रौनक भरेको छ। यहाँ पहाडी मौसम लगायत अर्ज्ञानिक फलफूल तथा तरकारी एवं स्थानीय परिकारहरू पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ। यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्त्वको स्थानको रूपमा अझ विकसित हुँदै जाने सम्भावना रहेको छ।

13th Bhedetar Food Festival 2082 (2) (1) (1)13th Bhedetar Food Festival 2082