धरान-७ बाट प्रतिबन्धित औषधी सहित दुई युवा पक्राउ
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ पौष ११ गते ।
धराने मिडिया : झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस १० गते प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा बिर्तामोड-८ की साहारा श्रेष्ठलाई ३ ग्राम ४० मिलिग्राम, ईलामको माई नगरपालिका-१ का सन्देश राई र टेक बहादुर लिम्बुलाई ५ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
चेकजाँचकै क्रममा लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाले कनकाई नगरपालिका-५ की सम्झना श्रेष्ठलाई ३ ग्राम ७ सय ८० मिलिग्राम र पाँचथर याङबरक-१ का हरी प्रसाईलाई प्रतिबन्धीत औषधी ५ सय ४५ ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय राजगढले भारत बिहारका मो.नाजिरलाई २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको इलाका प्रहरी कार्यलय पथरीले पथरीशनिश्चरे-२ का निरज गुरुङ र सुमता राईलाई ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
सुनसरीको वडा प्रहरी कार्यालय धरानले धरान-७ का संसार थापा र संदेश लिम्बुलाई प्रतिबन्धित औषधी ट्रामाडोल ५ सय ७० पिस ट्याब्लेट र स्पासपेन ५ सय ५० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-६ पानबारी स्थितमा WB 02 AA-1402 नम्बरको कारबाट बेबारीसे अवस्थामा राखेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















