१३ औं भेडेटार फुड फेस्टिवल भव्यताका साथ सुरुवात

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष १७ गते ।

धराने मिडिया : कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने १३ औं भेडेटार फुड फेस्टिबल सुरु भएको छ। अंग्रेजी नया वर्षको अवसरमा होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो।

फेस्टिवलको बुधबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए । मन्त्री मण्डलले फुड फेस्टिवलसँगै कृषि मेला प्रर्दशनीको पनि उद्घाटन गरेका थिए ।

13 bhedetar food festival 2082 (3)

तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत हुने भएका छन्।

13 bhedetar food festival 2082

उद्घाटन समारोहलाई प्रमुख अतिथि सदानन्द मण्डल, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, जिल्ला समन्वय समिति उपप्रमुख सावित्री राई, पाख्रिबास नगरका प्रमुख ज्ञानबहादुर गुरुङ, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयी सन्तोषी राई, राजनीतिक दलहरुको तर्फबाट जसपा नेपालका धनकुटा अध्यक्ष दिवा चेम्जोङले सम्बोधन गरेका थिए । 

13 bhedetar food festival 2082 (2)

आयोजकले १३औँ संस्करणको महोत्सव उद्रघाटन समारोहमा दुई पत्रकारलाई सम्मान गरेका थिए। सम्मनित हुनेमा गणतन्त्र एफ.एम.तथा गणतन्त्र खवर डट कमका सम्पादक रोहितकुमार बस्नेत (डेविट) र धनकुटाका रासस सम्वादाता तथा पत्रकार महासँघ धनकुटाका कोषाध्यक्ष नारायण राई रहेका थिए। उनिहरुलाई नगद रु.१० हजार सहित सम्मान गरिएको थियो । 

कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३औँ संस्करणको भेडेटार फुड एण्ड फेस्टिवल सुरुवात सँगै भारतिय पर्यटकहरुको आगममन बाक्लिन थालेको छ ।

13 bhedetar food festival 2082 (5)13 bhedetar food festival 2082 (4)