धरान डान्सिङ आइडल सिजन ५ फाइनल चरणमा

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष १८ गते ।

धराने मिडिया : हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन ५ अन्तिम चरणमा प्रवेश गरेको छ।

यस सिजनमा धरान उपमहानगरभित्रका १३ वटा विद्यालयबाट २९ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्। विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा हालसम्मका सबै चरणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

प्रतियोगिता अन्तर्गत कल्चर राउन्ड र मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न भइसकेका छन् भने अब अन्तिम चरण अर्थात् फाइनल राउन्ड हुन लागेको आयोजकले जनाएको छ।

फाइनल राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइ अनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्। उनीहरूले सांस्कृतिक, आधुनिक (मोडर्न) वा मिश्रित नृत्य प्रस्तुत गर्न सक्नेछन् भने नृत्य प्रस्तुतिका लागि प्रयोग गरिने गीत अनिवार्य रूपमा नेपाली हुनुपर्नेव्यवस्था गरिएको छ।

धरान डान्सिङ आइडलले स्थानीय तहका नवप्रतिभाहरूलाई नृत्यकला मार्फत आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। यस प्रतियोगिताले सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै युवा प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको हाम्रो डान्स एकेडेमीले जनाएको छ।