१२५ औं धरान स्थापना दिवस कार्यक्रम भव्यरुपमा सम्पन्न, विष्णु स्कुलका बेनिन्द्र कटुवाल सबै भन्दा बढी कर तिर्नेमा सम्मानित

समाचारदाता : गोपाल पौडेल

२०८२ पौष २० गते ।

धराने मिडिया : आधुनिक धरान सहर स्थापना भएको १२५ औं बर्ष पुगेको अवसरमामा आइतबार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । विगतका बर्षहरुमा ३ देखि ५ दिनसम्म धरान स्थापना दिवस मनाउदै आएको उपमहानगरपालिकाले यसपाली भने एक दिन मात्र मनाएको हो ।

कार्यक्रमको उद्घाटन समाजसेवी सरला कायस्थले गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरपालिकाको पालिका गान समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकामा सबै भन्दा बढी कर तिर्ने करदाता विष्णु स्कुलका बेनिन्द्र कटुवाल, उमेश राई, लक्ष्मी कुमारी उपाध्याय, सुनसरी टेक्निकल कलेज, प्रभु बैङ्क लिमिटेड, एनएमवि बैङ्क लिमिटेड र पालिका गानका सर्जक टिका आत्रेय, व्यवस्थापक राजीव हलवाई, सङ्गीत संयोजन विनायक राईलाई सम्मान गरिएको थियो।

125 dharan day (2)

125 dharan day (3)

हालको आधुनिक धरान सहर रहेको स्थानमा पहिले घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गर्ने गरेको धरान (धराप)बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ।

वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरूवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (वर्तमान पुरानो बजार) र वि.सं १९९० को भुइँचालामा धरान ध्वस्त भएकाले जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँ बजार) बसालेको इतिहासमा पाइन्छ।

125 dharan day (5)125 dharan day (6)

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ।

सुरूमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरियो र हालमा २७ वडासम्म कायम रहेकोमा वर्तमान २७ वडालाई समायोजन गरेर २० वटा वडा बनाईएको छ।

125 dharan day125 dharan day (4)125 dharan day (7)