विदेश घुमेर अर्थतन्त्र बन्छ ? - महावीर पुन
समाचारदाता : गोपाल पौडेल
२०८२ पौष २५ गते ।
धराने मिडिया : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सङ्कटपूर्ण रहेको अवस्थामा आफू कुनै पनि वैदेशिक भ्रमणमा नजाने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुन भन्छन,"‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमण गइनँ। अहिले पनि दुई वटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ।’‘देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ?’
मन्त्री पुनलाई इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४-६ मा आयोजना हुने ‘EducAIton २०२६’ र साउदी अरबको रियादमा मे ३-४ मा हुने ‘Human Capability Initiative (HCI)’ मा सहभागी हुन औपचारिक निमन्त्रणा आएको थियो।



















