लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ पुस २६ गते ।
धराने मिडिया : झापा, मोरङ,सुनसरी, उदयपुर र इलामका विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस २५ गते चेकजाँचको क्रममा झापाको भद्रपुर नगरपालिका-१ का २५ वर्षिय निरोज लिम्बु र भद्रपुर नगरपालिका- २का २६ वर्षिय सागर प्रधान लाई ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित र मकवानपुर हेटौडा-१५ का जिबन खरेललाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
चेकजाँचकै क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का ज्ञानदिप राई, पथरीशनिश्चरे-७ का प्रज्वल राई र पथरीशनिश्चरे-६ का मिथुन मण्डललाई १ ग्राम ब्राउन सुगर सहित र उदरपुरको त्रियुगा नगरपालिका-१० का जहान सिंह खत्रीलाई प्रतिबन्धित औषधी ४५० एम्पुल सहित र इटहरी-५ का राहुल राय, इटहरी-४ का सुशाङ्ग श्रेष्ठ, बिबेक घतानीलाई प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित पक्राउ गरिएको छ।
लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















