धरान डान्सिङ आइडलकाे फाइनल माघ १२ गते हुने
समाचारदाता : गोपाल पौडेल
२०८२ पुस २६ गते ।
धराने मिडिया : हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–५ को फाइनल चरण आगामी माघ १२ गते आयोजना हुने भएको छ।
उक्त फाइनल चुम्लुङ हिम भवनमा हुने छ। विभिन्न चरणहरु पार गर्दै प्रतियोगिता अहिले अन्तिम चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ।
यस सिजनमा धरान उपमहानगरपालिकाभित्रका १३ वटा विद्यालयबाट २९ जना विद्यार्थी प्रतिस्पर्धीका रूपमा सहभागी भएका छन् ।
प्रतियोगिता अन्तर्गत सम्पन्न भएका कल्चर राउन्ड तथा मोडर्न विथ प्रप्स राउन्ड सफलतापूर्वक सम्पन्न भइसकेका छन्। फाइनल चरणमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइअनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्।
उनीहरूले सांस्कृतिक, आधुनिक (मोडर्न) वा मिश्रित नृत्य प्रस्तुत गर्न सक्नेछन् भने प्रस्तुत गरिने गीत अनिवार्य रूपमा नेपाली हुनुपर्ने व्यवस्था गरिएको छ।



















