सेवक अभियानको ४०० औं पदयात्रा सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ पुस २७ गते ।
धराने मिडिया : धरानमा सक्रिय समाजसेवी संस्था सेवक अभियानले आफ्नो ४०० औं पदयात्रा सम्पन्न गरेको छ ।
पौष २६ गते धरान-१ स्थित सिंहदेवि चोकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मंत्री ईन्द्रमणी पराजुलीको प्रमुख अतिथिमा पदयात्रा कार्यक्रम सुरु भएको थियो ।
पदयात्रा धरानको सिंहदेवि चोक - अमरहाट चोक - शिव धारा मार्ग - पंचकन्या मन्दिर - दुई धारा हुदै सिंहदेवि चिकमा सम्पन्न भएको थियो।


कार्यकममा प्रमुख अतिथी पराजुलीले कार्यक्रम अयोजकलाई शुभकामना र धन्यवाद व्यक्त गरेका थिए । उनले यस संस्थाले विगत लामो समय देखि निरन्तर कार्य गर्दै आएको देख्दै आएको बताएका थिए ।
कार्यक्रममा विशेष अतिथिमा कोशी प्रदेश सांसद माननीय रमेश बस्नेत र विजय राईको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष राजिव हल्वाइले उपस्थित अतिथिलाई सम्पुर्णलाई धन्यवाद दिदै निरन्तर समाजसेवी कार्यमा लाग्ने बताएका थिए।
सेवक अभियानले विगत ९ वर्ष देखि विभिन्न सामाजिक सेवा गर्दै आएको छ।






















