जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रलाई सहयोग
समाचारदाता : भोला श्रेष्ठ
२०८२ पुस २७ गते ।
धराने मिडिया : जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले महंगो होटलमा पार्टी गरेर मनाउछन् भने कसैले फरक तरीकाले मनाउछन् तर धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी (एल.के) ले भने फरक तरीकाले आफ्नो जन्म दिन मनाएकाछन् ।
विहानीले आफ्नो जन्म दिन धरान १५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरुसँग मनाएकाछन् ।
विहानीले जन्म दिनमा अवसरमा वालविकास केन्द्रका नानीहरुका लागि खाद्यान्न काठको ४ वटा कुर्सि, पुस्तक राख्ने ¥याग १ थान, किचनका लागि १ थान टेवल, फिल्टर र खाद्यान्न गरी करिव ३० हजार वरावरको गरेकाछन् ।

आफूले विगत वर्षदेखि नै जन्म दिनको अवसरमा काही न काही सहयोग गर्दै आएको र यस पटक बाल विकास केन्द्रलाई सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन् ।
बाल विकास केन्द्रका संरक्षक तथा शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्न कुमार नेम्वाङले सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । सवैको सानो सानो सहयोगबाट नै केन्द्रलाई समृद्ध वनाउन सकिन वताउदै सहयोगी दाताहरुलाई सहयोग गर्न आग्रह गरेकाछन् । यसै शैक्षिक शत्रबाट शुरु भएको बाल विकास केन्दमा हाल २५ जना नानीहरु रहेकाछन् ।
केन्द्रका संरक्षक गंगाराम राईले सहयोगी दाताहरुमा सहयोग गर्न आग्रह गरेकाछन् ।



















