४२ वर्षको उमेरमा गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

समाचारदाता : गोपाल पौडेल

२०८२ पुस २७ गते ।

धराने मिडिया :  गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

तामाङकी श्रीमती र एक छोरी छन्। भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए ।

उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् ।

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।