भेडेटार नजिक लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
समाचारदाता : गोपाल पौडेल
धनकुटा, २०८२ पुस २८ गते ।
धराने मिडिया : धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस २७ गते राती ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ भेडेटार नजिक सडक साईडमा संकास्पद अवस्थामा रहेको ना. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्वुलेन्स भित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो ।
लागु औषध गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजी कार्य भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















