सोलुखुम्बु जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८२ पुस २८ गते ।
धराने मिडिया : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
दुर्घटनामा चालक र एक यात्रुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृत्यु हुनेमा बोलेरो चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु निवासी २८ वर्षीय प्रदिप राई र यात्रु २८ वर्षीया कुशुम राई रहेका छन् ।
सोमबार दिउँसो १२ बजेतिर माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेको थियो।



















