धरान–११ मा खुकुरी प्रहार गरी ह*त्या, सोही घरमा सँगै बस्दै आएका मामाका छोरा प्रहरी नियन्त्रणमा
समाचारदाता : गोपाल पौडेल
२०८२ पुस ३० गते ।
धराने मिडिया : धरानमा खुकुरी प्रहार गरी एक पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रूपक राईको मंगलबार साँझ आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा सोही घरमा सँगै बस्दै आएका मृतकका मामाका छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका अनुसार मृतक राईको टाउकोमा पटक–पटक धारिलो हतियार प्रहार गरिएको देखिएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















