चलचित्र "गोबर गणेश" माघ १ गतेबाट देशभर प्रदर्शन हुदैँ

समाचारदाता : गोपाल पौडेल

२०८२ पुस ३० गते ।

धराने मिडिया : हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शन हुदैँ छ। 

'गोबर गणेश' हास्य-सामाजिक कथामा बनेको हो। यसको ट्रेलरमा पढाइमा कमजोर एक युवाको काठमाडौं यात्रा र संघर्षको कथा देखाइएको छ।

फिल्ममा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), वर्षा शिवाकोटी, पदम तामाङ, पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरूङ, विशाल पहाडी, रमेश बुढाथोकी, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, बिनोद न्यौपाने, सन्तोष बानियाँलगायत कलाकारहरूको अभिनय छ।

सेन्सर बोर्डको निर्णय अनुसार यो चलचित्र बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले यो चलचित्र हेर्न पाउनेछन्।

चलचित्रको कथा स्वयं मरिचमान श्रेष्ठले लेखेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनको यो पहिलो फिचर चलचित्र हो ।