धरानका दुई पुरुष सहित प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ १ गते ।
धराने मिडिया : सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्बे धरानबाट पुस २९ गते खटिएको संयुक्त प्रहरी टोलीले धरान-१७ का ४० वर्षिय अमित थापा मगरलाई १ ग्राम २० मिलिग्राम र १७ वर्षिय सुमन राइलाई ८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट चतराले बराहक्षेत्र-१ चतरापुल स्थितबाट धनकुटाको सहिदभुमी-२ का समिर राई र उदयपुरको बेलका-७ का रमेश राईको साथबाट प्रतिबन्धित औषधी १६० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















