भानु चस्मा घर धरानको छैठौँ वार्षिक उत्सवको अवसरमा पुर्न:स्थापना केन्द्रमा ११ हजार सहयोग
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०३ गते ।
धराने मिडिया : धरान-२ स्थित भानु चस्मा घरको छै्ठौँ वार्षिक उत्सवको अवसरमा धरानको छाता चोकमा अवस्थित पुर्नःस्थापना केन्द्रमा खान खुवाउन रु ११ हजार सहयोग प्रधान गरेका छन।
माघ ३ गते वार्षिक उत्सवको शुभकामना कार्यक्रममा धरान उपमहानगरपालिका वडा न २ का अध्यक्ष रमेश राईलाई संचालक रिषी शर्माले उक्त नगद हस्तान्तरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि राईले धन्यवाद दिदै आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
वार्षिक उत्सवको अवसरमा माघ ३ गतेदेखि माघ १० गते एक हप्तासम्म विभिन्न छुट योजना रहेको संचालन रिषी शर्माले बताएका छन।






















