ज्ञानुराज घिमिरेको "सपना" म्युजिक भिडियो सार्वजनिक
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०३ गते ।
धराने मिडिया : महेन्द्र राईको लेखन तथा स्वर रहेको म्युजिक भिडियो "सपना" सार्वजनिक भएको छ।
माघ ३ गते धरान-५ तल्लो देउराली स्थित ब्राबो सेकुवा घरमा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाको प्रमुख अतिथिमा उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियो।
प्रमुख अतिथि बेघाले भिडियो बारे बोल्दै भावुक भएको र यस्तो म्युजिक भिडियोले युवाहरुमा प्रेमको बारे अझैँ घेरै बुझ्न सहयोग पुराउने बताएका थिए।

४ मिनेट ३० सेकेन्ड लामो म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्ट युटुभ च्यानलबाट सार्वजनिक भएको हो।
भिडियोमा तारा घिमिरे, ज्ञानुराज घिमिरेको, धन बहादुर घिमिरे, भिम लक्ष्मी घिमिरे, प्रिन्स लोहार, आयन घिमिरे, टिकाराम घिमिरे, कोपिला घिमिरे र मोहन घिमिरेको अभिनय रहेको छ।
उक्त म्युजिक भिडियोको निर्माता ज्ञानुराज घिमिरे हुन भने छायाकार र सम्पादक एडम लिम्बुको रहेको छ।
कार्यक्रम व्यवस्थापन तथा संचालन कलाकार एंवम समाजसेवी सानुराजा थेगिमले गरेका थिए।
























