जुनियर मास्टर एण्ड मिस ग्रेस धरानको ट्यालेट शो सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०४ गते ।
धराने मिडिया : ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रथम जुनियर मास्टर एण्ड मिस ग्रेस धरानको ट्यालेट शो सम्पन्न भएको छ । शनिबार धरान-७ स्थित होटेल रत्न इनमा ट्यालेट शो कार्यक्रम सम्पन्न भएको थियो।
ट्यालेन्ट शोमा सहभागि ३५ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिश्पर्धिहरुले आफ्नो क्षमता अनुसार गायन, नृत्य तथा वत्तित्वकला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा थेरापिस्ट तथा कार्यक्रम निर्देशक सागर प्रधान, मिस ग्रेस पूर्वाञ्चल २०२५ का ब्रान्ड एम्बेसडर दिया कार्की, मिस ग्रेस एसईई धरान २०२५ का सहभागी तथा नृत्य कलाकार इप्सा श्रेष्ठ, मिस ग्रेस पूर्वाञ्चल २०२५ – मिस ग्लोरियस रिशु लिम्बु र जुम्बा प्रशिक्षक मेनुका राई निर्णायकमा रहेका थिए ।



कार्यक्रमका प्रमुख अतिथि प्याब्सन धरानका अध्यक्ष दिपक घिमिरेले शुभकामना दिदै आयोजक टोलिलाई धन्यवाद दिएका थिए। यस्ता कार्यक्रमले बालबालिकाको क्षमता वृद्धि हुने उनले बताएका थिए।
कार्यक्रमा मिस धरान एस ई ई २०१८ का विजेता नविना मङ्रान्तिले संचालन गरेका थिए।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिदै ग्रेस इभेन्ट्स प्रा.लि का सि.ई.ओ सुरज थापाले उक्त कार्यक्रम समापन गरेका थिए। उनले सहभागी हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यहि आउने माघ १० गते प्रतियोगिताको ग्राण्ड फिनाले हुने पनि जानकारी दिएका थिए ।
प्रतियोगिताको ग्राण्ड फिनाले माघ १० गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा हुन गैइरहेको छ।



























