धरानमा स्कुल बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु, १२ जना घाइते
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०४ गते ।
धराने मिडिया : धरानको जिरोप्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस जिरोप्वाइन्ट स्थित न्यू सभा मेडिलकमा गएर ठोक्किँएको थियो। मृत्यु हुनेमा धरानका स्थानिय पनि रहेको छ्न।
मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।




















