धरानका ३ युवा सहित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीमा ५ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ माघ ०५ गते ।

धराने मिडिया : मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको अस्थायी प्रहरी पोष्ट जाँतेबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-९ स्थितबाट सोही स्थानका २७ वर्षिय पारुहाङ राईलाई ४ मिलिग्राम लागु औषध ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर-११ का २० वर्षिय शिव कुमार रायलाई प्रतिबन्धित औषधी ४० ट्याबलेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१३ का रोमन भुजेललाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित, धरान-९ का अभय थापा मगर र धरान-१० का सौरभ राजधामीलाई प्रतिबन्धित औषधी ५२० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर